
शिविरमा स्वास्थ्य परीक्षण गराउँदै स्थानीय
सुर्खेत । जिल्लाको सिम्ता गाउँपालिका–२ मा एकदिने जनरल स्वास्थ्य तथा भि.आइए जाँच शिविर सम्पन्न भएको छ । गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले काफलकोट स्वास्थ्य चौकीको आयोजना र सिम्ता गाउँपालिका वडा नं. २ को आर्थिक सहयोगमा शिविर शनिबार सम्पन्न भएको हो ।

शिविरमा ७० जना स्थानीयवासीले स्वास्थ्य सेवा लिएको काफलकोट स्वास्थ्य चौकीका प्रमुख शंकर कामीले जानकारी दिए । उनकाअनुसार शिविरमा ५१ जनाको पाठेघरको मुखको क्यान्सरको भि.आइए विधिबाट परीक्षण गरिएको थियो । तीमध्ये ७ जना संकास्पद बिरामी फेला परेका छन् भने १ जनामा आङ खसेको समस्या देखिएको छ ।
त्यस्तै ६६ जनाले सामान्य उपचार सेवा लिएको प्रमुख कामीको भनाइ छ । शिविरमा डाक्टर नवीन काफ्ले र डाक्टर आशिष यादवले सेवा दिएका थिए । कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द, उपाध्यक्ष गोमा शर्मा रेग्मी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती र वडा नं. २ का वडाध्यक्ष खगेन्द्रसिंह ठकुरीको उपस्थिति रहेको थियो ।