२०८३ वैशाख ७ , सोमबार

वीरेन्द्रनगरका होटलमा यौनजन्य गतिविधिमा संलग्न २५ जना पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा होटल तथा रेस्टुरेन्टबाट यौनजन्य गतिविधिमा संलग्न २५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल सञ्चालक, युवायुवती गरी ११ महिला र १४ पुरुष छन् ।

उनीहरु वीरेन्द्रनगरको हार्दिक होटेल, दंगाली, विकाश होटलबाट ती युवा, युवतीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक, मोहनजंग बुढथापाले बताए । उनका अनुसार उनीहरूलाई सार्वजनिक हित विपरीत कसुरमा मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार