२०८३ वैशाख ७ , सोमबार

वीरेन्द्रनगरले ल्यायो ४ अर्ब ३८ करोडको बजेट, कुन क्षेत्रमा कति विनियोजन ? (पुर्णपाठसहित)



सुर्खेत । कर्णाली प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेको छ । वीरेन्द्रनगरले आगामी वर्षका लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट नगर उपप्रमुख निलकण्ठ खनालले सार्वजनिक गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७९ करोड ९ लाख १५ हजार रुपैयाँले बढी हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी बजेटमध्ये चालूतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६.३७ प्रतिशत) र पूँजीगततर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३.६३ प्रतिशत) विनियोजन गरिएको खनालले बताए ।

नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउनको आगामी वर्ष नगर बस खरिद गरि संचालनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको खनालले जानकारी दिए ।  उनकाअनुसार विकास साझेदार तथा गैर सरकारी संघ संस्थातर्फवाट पेश भएको ४० करोडको आयोजना तथा कार्यक्रम समेत स्वीकृतिका लागि प्रस्ताव नगर सभामा पेश गरिएको छ ।

पुर्णपाठ हेर्नहाेस्-

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार