२०८३ वैशाख ७ , सोमबार

युवाको पहलमा भूकम्पले भत्किएको मन्दिर पुनर्निर्माण



रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अर्मामा भूकम्पले क्षति पु¥याएको मन्दिर स्थानीय युवाको पहलमा पुनर्निर्माण गरिएको छ । अमेरिका रहेका अर्मा डाँडाका युवाहरूको आर्थिक सहयोगमा सहिद स्मृति देउतानाथ मन्दिर पुनर्निर्माण गरिएको हो ।

गत वर्ष जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मन्दिर पूर्ण रूपमा भत्किएको थियो । त्यसयता मन्दिर जीर्ण अबस्थामा थियो । अर्मा डाँडाका युवाहरूले विदेशमा रहँदै पनि गाउँको पहिचान र आस्था बचाउनका लागि उनीहरूले संयुक्त रूपमा करीब २ लाख ५० हजार रुपैयाँ संकलन गरेर मन्दिर निर्माणका लागि पठाएका थिए ।

सो रकमको उपयोग गर्दै स्थानीयवासीहरूले श्रमदानमार्फत मन्दिर निर्माण गरेको स्थानीय खिमराज खड्काले जानकारी दिए । उनले मन्दिर निर्माण कार्यको एक महिनाको अवधिमा सम्पन्न भएको बताए ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार