२०८३ वैशाख २४ , बिहीबार

रास्वपाको अभियानमा चौकुनेबाट साथ, अध्यक्षसहित १५० जनाको हस्ताक्षर



सुर्खेत । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विक ‘विवस’ ले पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि राज्यले अत्याचार गरिरहेको आरोप लगाउँदै ऐक्यबद्धता जनाएका छन् ।

रास्वपाले थालेको हस्ताक्षर अभियानमा सहभागी हुँदै उनले रविमाथि प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर गरे । उनीसँगै चौकुने गाउँपालिका वडा नम्बर ८ का करिब १ सय ५० जना बढीले हस्ताक्षर गरेको रास्वपा कर्णालीका प्रवक्ता हरि प्रसाद अधिकारीले जानकारी दिए ।

हाल रास्वपाले सभापति लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।

प्रकाशित मिति : २०८२ असार १७ गते मंगलबार