जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकैघरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार राति ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको हो ।
ढुङ्गाले च्यापिँदा चन्द्राको घटनास्थलमै मृत्यु भएको र शर्मिलाको उपचारका लागि स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार