२०८३ वैशाख ४ , शुक्रबार

भेरीगंगामा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते



सुर्खेत । खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा भेरीगंगामा एक जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।‎ मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–८ कुइरेका २७ वर्षीय डिल बहादुर शाही रहेकाे ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग ‎‎बुढथापाले जानकारी दिए ।

उनकाअनुसार आज (शुक्रवार) दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासी चट्याङ परेको थियो । ‎चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ‎‎बुढथापाले बताए ।

चट्याङ लागेर घाइते हुनेहरुमा सोही ठाउँका १७ वर्षीय पर्बत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीया सुनिता गिरी रहेका छन् । उनीहरुको हाल मेहलकुना अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार