२०८३ वैशाख ४ , शुक्रबार

जाजरकोट पुनर्निर्माणमा ढिलाइप्रति सांसद बस्नेतको आपत्ति



सुर्खेत । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जाजरकोट भूकम्पपीडितहरूको पुनःस्थापना र पुनर्निर्माणमा सरकार उदासिन देखिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै सांसद बस्नेतले भूकम्पले भत्किएका घरहरू वर्षाको समयमा थप जोखिम निम्त्याएको भए पनि सरकारले डिडिएको नाममा पुनःनिर्माण गर्न ढिलाई गरिरहेको भन्दै आपत्ति जनाए।

उनले भूकम्पले चर्किएका कुनै पनि घरहरू बस्नयोग्य नरेहको उल्लेख गर्दै सबै प्रभावित घरहरूको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेके उल्लेख गरे। उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य सभामुखमार्फ सरकासँग माग गरे।

प्रकाशित मिति : २०८२ असार २३ गते सोमबार