२०८३ वैशाख ४ , शुक्रबार

विषालु च्याउँ खाएर जाजरकाेटमा एकै घरका तीन बालबालिका बिरामी



जाजरकोट ।  जिल्लाको नलगाड नगरपालिका–४ पिपलचौरमा एकै घरका तीन जना बालबालिका विषालु च्याउँ खाएर बिरामी भएका छन् । मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ३ वर्षीया दिपा सिंह र ६ वर्षीय छोरा झलक सिंहले सालघारी जंगलबाट टिपेर ल्याइएको च्याउँ खाँदा बिरामी परेका हुन् ।

उनीहरूले विषालु च्याउँ खाएका कारण एकाएक स्वास्थ्य बिग्रिएको वडाध्यक्ष बद्री पन्तले जानकारी दिनुभयो । तीनै बालबालिकाको नलगाड नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर नवीन ध्यारले बर्खाको समयमा अनकन्टार च्याउँ नखान सुझाव दिनुभएको छ ।

पहिचान नपुगेका जंगली च्याउँ विषालु हुने भएकाले त्यसबाट ज्यानसमेत जोखिममा पर्न सक्ने उहाँको भनाइ छ । बर्खाको समयमा च्याउँ टिप्दा अत्यन्त सावधानी अपनाउन र अनुभवीको सल्लाहबिना सेवन नगर्न उहाँको सुझाव छ ।

 

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार