२०८३ वैशाख २४ , बिहीबार

जाजरकाेट वन अधिकृतमाथि कुटपिट गर्ने शाही पक्राउ



जाजरकोट । गत साउन २२ गते डिभिजन वन कार्यालय जाजरकोटका जिल्ला वन अधिकृत अमर प्रसाद साहमाथि कार्यकक्षमै कुटपिट गरेको आरोपमा एकजना मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका–७ बस्ने बिराजन शाही रहेका छन् ।

उनलाई भेरी नगरपालिका–३ तल्लो थाप्लेस्थित कार्यालयमा कार्यरत अधिकृत साहलाई कार्यकक्षमै प्रवेश गरी हातपात गर्नुका साथै सरकारी कागजातहरू छरपस्ट पार्दै नष्ट गरिएको घटनामा संलग्न रहेको आरोपमा शुक्रबार बिहान ६ बजे नलगाड नगरपालिका–१० रावतगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी हरिराम डाँगीले जानकारी दिए ।

घटनामा संलग्न शाहीसहित अन्य केही व्यक्ति मुखमा कालो मास्क लगाएर अनाधिकृत रूपमा कार्यालय प्रवेश गरी हातपात गरेका थिए । उनीहरू घटनापछि फरार भएका थिए । पक्राउ परेका शाहीलाई जिल्ला अदालत जाजरकोटबाट आपराधिक उपद्रवसम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले सुचना अधिकारी डाँगीले बताए ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार