सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१२ नेवारेमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । शुक्रवार बिहान आफ्नै घरमा घाँस काट्ने विद्युतीय मेसिनले घाँस टुक्र्याउने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय घाइते भएका थिए ।
घटनापछि तत्कालै उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनालगत्तै प्रहरी निरीक्षक गगन सिंहको नेतृत्वमा ६ जना प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार घाँस काट्ने क्रममा प्रयोग गरिएको विद्युतीय मेसिनमा करेन्ट प्रवाह भएर दुर्घटना भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजग बुढथापा पाले बताए ।
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार