२०८३ वैशाख ४ , शुक्रबार

राप्रपाले स्थानीय तहहरूको अधिवेशन गराउन तोक्यो केन्द्रीय पर्यवेक्षक, को कहाँ ? (सूचीसहित)



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहहरूको अधिवेशन गराउन नेताहरूलाई केन्द्रीय पर्यवेक्षक तोकेको छ । पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टीको स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढङ्गबाट निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि जिल्लाहरूमा केन्द्रीय पर्यवेक्षक तोकेको उल्लेख छ ।

पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार पर्यवेक्षक तोकिएको उनको भनाइ छ । यसरी तोकिएका पर्यवेक्षकहरूलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरूसँग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको उनले बताए।

पर्यवेक्षकहरूले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्नुपर्ने र नियमित प्रतिवेदन पेस गर्नुपर्ने श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राप्रपाले स्थानीय तहको अधिवेशन असोजभित्र गराउनुपर्ने बताइएको छ । नियमित गर्दा राप्रपाले मंसिरमा महाधिवेशन गर्नुपर्नेछ ।

केन्द्रीय पर्यवेक्षकको सूची

d0130aec-ce5a-4f34-8a4c-4a09d98facd8

63a370a9-39d8-4941-a6f5-f2482c76b4fc

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार