
काठमाडौं । हालै नियुक्त विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्राडा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. भरत खत्रीले शपथ लिएका हुन् । कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शी रूपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी उनीहरूलाई शुभकामना दिए ।
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार