२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली सरकारप्रति सामाजिक सञ्जालमै पोखियो जीवन शाहीको असन्तुष्टि



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री र कांग्रेस संसदीय दलका नेता बीच चरम असन्तुष्टि सार्वजनिक भएको छ । बिहीवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे लगत्तै असन्तुष्टि सार्वजनिक भएको हो । कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चाबीच देउवालाई भेट्न मुख्यमन्त्री कँडेल बुढानिलकण्ठ निवासमै पुगेका थिए ।

उनले आफुले देउवालाई भेटेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएपछि शाहीले असन्तुष्टि सार्वजनिक गरेका हुन्। मुख्यमन्त्रीको पोष्ट गुर्भाकोट सुर्खेतका कांग्रेस नेता किरण वलीले शेयर गरेका थिए । उनले शेयर गरेको पोष्टमा प्रतिकृया दिदै शाहीले मुख्यमन्त्री कँडेलले सभापति देउवासमक्ष ‘मलाई जीवन शाहीले आजै हट भोलि नै हट भनेर भनेको र देउवाले आफुलाई सो बारेमा जानकारी दिएको’ टिप्पणी गरेका छन् ।

‘मलाई जीवन शाहीले आजै हट भोलि नै हट भनेर रिपोर्टटिङ गर्नुभएछ त मेरो ११ बजेको भेटमा सभापति ज्यू भन्दै, हनुहुन्थ्यो,’ शाहीले कमेन्टमा लेखेका छन् । केन्द्रसँगै कर्णालीमा पनि कांग्रेस–एमाले मिलेर सरकार बनेको एक वर्ष पूरा भइसकेको छ । तर यी दुई दलबीचको सम्बन्ध अझै पनि समधुर हुन सकेको छैन् ।

सत्ता संचालनमा कांग्रेसले बाधा गरिरहेको र खेलकुद, लोकसेवा लगायतमा नियुक्तिसमेत गर्न नदिपछि मुख्यमन्त्री शाहीसंग असन्तुष्ट छन्। खेलकुद र लोकसेवा दुबैपद कांग्रेसले दाबी गरेपछि एमाले खेमा पनि असन्तुष्ट छ। कांग्रेसका प्रदेश सभापति ललितजंग शाही एकएक पद बाढ्न राजी भएपनि संसदीय दलका नेतासमेत रहेका जीवन शाहीले अबरोध गरेपछि खेलकुदलगायतमा नियुक्ति हुन सकेको छैन।

केही समयअघि एमाले संसदीय दलको बैठकले कांग्रेसलाई गठबन्धनको मर्मअनुरुप नचलेको आरोप लगाएको समेत लगाएको थियो । साथै एमालेको आरोपछि दुई दलबीचको प्रदेशस्तरीय संयन्त्रको बैठकबाट सरकारका कामकारबाहीलाई थप व्यवस्थित गर्दै लैजाने सहमति भएको थियो । तर सो सहमति कार्यान्वयन हुने छाँट देखिएको छैन।

प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार