
सुर्खेत । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को अवसरमा सुर्खेतमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतको समन्वयमा वीरेन्द्रनगर नगरपालिका–८ स्थित जिल्ला समन्वय कार्यालय परिसरको पूर्व र पश्चिमतर्फको सडक किनारमा वृक्षारोपण गरिएको हो ।
प्रदेश राजधानी हरियाली कार्यक्रम अन्तर्गत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र सामुदायिक वन व्यवस्थापनलाई सशक्त बनाउन कार्यालयले वृक्षारोपण गरेको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिए । उनकाअनुसार गुलमोहर, वीरेन्द्रफुल धुपी लगायत प्रजातिका विरूवाहरू राेपिएकाे छ ।
वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, वीरेन्द्रनगर नगर उपप्रमुख निलकण्ठ खनाल, उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठ, प्रदेश सरकारका सचिव, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र विभिन्न कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।


