२०८३ वैशाख ४ , शुक्रबार

सशस्त्र प्रहरीमा ८४६ जनाको लागि जागिर खुल्यो, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौँ । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल मानवस्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो। सशस्त्र प्रहरीले रिक्त रहेको साधारण समूह र साधारण उप-समूहतर्फ दरखास्त आह्वान गरेको छ।

सशस्त्र प्रहरी जवानमा ७८६ जनाको लागि दरखास्त आह्वान गरिएको छ। त्यसैगरि भान्सेमा २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरि आठसय ४६ जना खुला प्रतियोगिताद्वार पदपूर्ति गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्नेछन्। 

समाचार शीषर्कमा ८४६ हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ । *सम्पादक

प्रकाशित मिति : २०८२ भदौ ६ गते शुक्रबार