२०८३ वैशाख ४ , शुक्रबार

हरितालिका तीजको अवसरमा वृक्षरोपण



 

सुर्खेत । हरितालिका तीजको अवसरमा गुर्भाकोट नगरपालिका–१२ शुभघाटस्थित देउतीबज्यै मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतको आयोजनामा भएको उक्त वृक्षरोपण कार्यक्रममा गुर्भाकोट नगरप्रमुख हस्त पुन, उपप्रमुख मैना वि.क., वडा नं. १२ का अध्यक्ष तुलसी शर्मा तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा विभिन्न प्रजातिका १११ विरुवा रोपिएको हो ।

निम, बेल, समी, बिजयसाल, कपुर, धुपी, गोल्डमोहर, वीरेन्द्रफुल र कल्किफुल लगायतका धार्मिक तथा सौन्दर्यमूलक विरुवाहरू वृक्षरोपण गरिएको डिभिजन वन धार्मिक स्थललाई हरियालीयुक्त बनाउने मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पुर्याउने उद्देश्यले वृक्षरोपण गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार