२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध



कालीकोट । पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र–२ कालेखोला नजिकै गएराति पहिरो झरेको हो । सडक छेवैबाट पहिरो गएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए ।

सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र पालिकासँगको समन्वयमा सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार