२०८३ वैशाख ४ , शुक्रबार

वीरेन्द्रनगरकाे टास्किङ होटलमा प्रहरीको छापा, तास खेल्दै गरेका ७ जना पक्राउ



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६ माया नर्सिङहोम नजिक रहेको टास्किङ होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ साढे ७ बजेतिर नगर प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा खटिएको टोलीले ६० हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३० वर्षीय देवेन्द्र अधिकारी, ३४ वर्षीय धर्म भण्डारी, ३२ वर्षीय तेजराम पाण्डे२० वर्षीय तिलक प्रसाद पौडेल, वीरेन्द्रनगर–४ का ३१ वर्षीय गणेश खड्का, ३३ वर्षीय टेक बहादुर गिरी र वीरेन्द्रनगर–८ का ३१ वर्षीय रबिन्द्र थापा रहेकाे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

उनले जुवातास खेलको आरोपमा उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । यस्तै यससँगै टास्किङ होटलका सञ्चालक सन्देश रावतमाथि पनि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ । प्रहरीले जुवातास ऐनअनुसार मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाउने तयारी गरेको बताएको छ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार