२०८३ वैशाख ४ , शुक्रबार

संविधान दिवसको अवसरमा एमाले ठाँटीकाँधद्धारा दीप प्रज्वलन



दैलेख । नेकपा एमाले ठाँटीकाँध गाउँकमिटी दैलेखद्धारा दीप प्रज्वलन गरिएको छ। शुक्रबार एक समारोहबीच दीप प्रज्वलन गरिएको हो। गाउँ कमिटी सचिव रमेशकुमार विकलले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा नेकपा एमाले ठाँटीकाँध गाउँपालिका कमिटीको कार्यालयको प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रम गरिएको जानकारी दिए।

यस्तै, पालिका कमिटीले कर्तव्य पालना सँग–सँगै संविधान प्रदत्त हक अधिकार प्राप्ती, संविधान र भूगोलको रक्षाको लागि निरन्तर संघर्ष गर्ने सामथ्र्य प्राप्तको कामना गर्दै शुभकामना व्यक्त गरको छ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार