२०८३ वैशाख ३ , बिहीबार

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ



सुर्खेत । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले घरधनीसहित ११ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजे वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित रुद्र प्रसाद खनालको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा घरधनी ५१ वर्षीय रुद्र प्रसाद खनाल, ५५ वर्षीय दुर्गबहादुर पुलामी, २५ वर्षीय सुनिल गौतम, ३५ वर्षीय जगतबहादुर राना, ५३ वर्षीय सुरतबहादुर शाही, ४० वर्षीय बिरजंग शाही, ५५ वर्षीय रेशम मल्ल, ४५ वर्षीय रमेश खाँण, ३९ वर्षीय दानबहादुर सिंह, ४३ वर्षीय अशोक कुमार खड्का र ४८ वर्षीय बिनोद मल्ल रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ८ बुक तास, नगद ५८ हजार ९ सय ४० रुपैयाँ र ९ थान मोबाईल फोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रबार