२०८३ वैशाख ३ , बिहीबार

चामुण्डामा शुभकामना आदान-प्रदान कार्यक्रम



दैलेख । शुभ दिपावली तथा छठ पर्व–२०८२ का अवसरमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जम्बुकाँधमा आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको उपस्थितिमा परस्पर शुभकामना साटासाट गरिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले दिपावली र छठ पर्वले आपसी सद्भाव, भाईचाराको भावना र एकता सुदृढ गर्न सहयोग पुर्‍याउने उल्लेख गर्दै, सबै समुदायबीच मिलन र सद्भाव कायम रहोस् भन्ने शुभेच्छा व्यक्त गरे । कार्यक्रमको अध्यक्षता नगर प्रमुख गणेशकुमार शाहीले गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य दिनेशबहादुर बिक र वीरबहादुर शाही, नेपाली कांग्रेस चामुण्डाबिन्द्रासैनी कार्यसमिति सभापति जगतबहादुर शाही, नेकपा (एमाले) नगर अध्यक्ष रंगबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टी नगर अध्यक्ष निरकबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष निरक शाही, नेपाली कांग्रेस सचिव जयबहादुर कार्की, नेकपा (एस) नगर अध्यक्ष जनक शाही, वडा नं. ५ का वडा अध्यक्ष हस्तप्रशाद शर्मा र वडा नं. ८ का अध्यक्ष रत्नबहादुर शाहीलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८२ कात्तिक १ गते शनिबार