मदन विक
दैलेख, कात्तिक १८ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ चगत्राकी २७ वर्षीया सेतु विकले सम्बन्ध विच्छेदपछि पनि जीवनप्रति हिम्मत नहार्ने उदाहरण प्रस्तुत गरेकी छन् । मुटुको दीर्घ रोगले पीडित सेतु हाल माइतीघरमा छोरी अनितासँगै बस्दै बाख्रा पालन गर्दै छोरीको शिक्षामा जुटेकी छन् । सम्बन्ध विच्छेदपछि आर्थिक र मानसिक रूपमा कमजोर बनेकी सेतुले जीवनलाई नयाँ बाटो दिने निर्णय गर्दै बाख्रा पालन सुरु गरेकी थिइन् ।
सानो गोठमा पाँचवटा बाख्राबाट सुरु गरेको व्यवसाय अहिले उनको मुख्य आम्दानीको स्रोत बनेको छ । यही आम्दानीले उनले घर खर्च र छोरी अनिताको पढाइ खर्च धानेकी छन् । “जीवनमा दुःख धेरै आए, तर छोरीको भविष्यका लागि हिम्मत गर्नैप¥यो,” सेतु भन्छिन्, “मुटुको रोगले शरीर थकाइन्छ, तर मन बलियो बनाएको छ ।” सेतु विकले आफ्नो उद्यमशीलता र संघर्षको कारण सेभ द चिल्ड्रेन र सोसेक नेपालद्धारा सञ्चालित ‘सहयात्रा–तेस्रो परियोजना’ बाट रु. ३० हजार आर्थिक सहयोग प्राप्त गरेकी हुन् ।
उक्त सहयोगले उनले २ दुई वटा बाख्रा किनेर अहिले ६ वटा बाख्रा विस्तार गरेकी छिन् । उनले बाख्रा बाध्नका लागि आवश्यक खोर नभएको खोरका लागि सहयोग गरिदिनुहुन सरकारी तथा गैरसकारी संस्थालाई आग्रह समेत गरिन् । साथै, उक्तपरियोजना बाट छोरी अनिताले खाद्यान्न, न्यानो लुगा तथा शैक्षिम साम्रगीहरु सहयोग प्राप्त गरेकी छिन् । उक्त सहयोगले विद्यालय निरन्तर जान सहयोग पुगेको आमा सेतु विक बताउँछिन् ।
परियोजना सयोंजक (बाल अधिकार शासन, बाल संरक्षण) राम प्रसाद उप्रेतीका अनुसार सहयात्रा परियोजनाले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा जोखिममा रहेका बालबालिकालाई सरंक्षण र पुर्नउत्थान गर्न बाल बालिका र उनीहरुका अभिभावकलाई आर्थिक सशक्तिकरण, सीप विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसैबीचमा सहयात्रा परियोजना तेश्रोले चामुण्डाविन्द्रासैनी नगर भित्र जोखिममा रहेका बालबालिकाहरुलाई जिविको पार्जन, शैक्षिक सामाग्री, खाद्यन्न, र न्यानो कपडा, सरसफाईका साम्रगी र मनोसामाजिक सेवा तथा सहयोग गर्दै आएको सोसेक नेपाल दैलेख सहयात्रा तेसा्रे परियोजनाका सयोंजक उप्रेतीले जानकारी दिए ।
स्थानीय एक महिला भछिन्न, ‘सेतुदिदी हाम्रो गाउँकी प्रेरणादायी महिला हुन् । उनले देखाएको साहस र आत्मनिर्भरता सबै महिलाका लागि उदाहरण हो ।,’ मुटुको रोग, आर्थिक अभाव र सामाजिक चुनौतीबीच पनि आफ्नो जीवनलाई आत्मनिर्भर बनाएकी सेतु विक अहिले गाउँभरिकै ‘साहसी महिला’ का रूपमा चिनिन थालेकी छन् । यसैबीच मंगलबार चामुण्डाविन्द्रासैनी नगरपालिका मुकाम जम्बुकाँधमा सेभ द चिल्ड्रेन, सोसेक नेपाल र चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजनामा बाल अधिकार सम्बन्धी सरोकारवालाहरुबीच समीक्षा बैठक सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नागरिक समाज चामुण्डाविन्द्रासैनीले बाल अधिकार क्षेत्रमा अनुमगन गरी बालबालिकाको अधिकार प्रर्वद्धन गर्न स्थानीय सरकारलाई बाल अधिकारको विषयमा उठेका सवाललाई सम्बोधन गर्न प्रतिवेदन पेश गरेको थियो । कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले सेतु जस्तै विपन्न अत्य महिलालाई नगरपालिका आर्थिक सहयोग गर्दै आएको बताए । आगामी दिनमा विपन्न बालबालिकाका क्षेत्रमा नगरपालिका काम गर्न तयार रहेको उनलेको प्रतिवद्धता जनाए ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख मनसराकुमारी शर्मा, नगरपालिका सबै वडाका अध्यक्षहरु, युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख मीनबहादुर रावत, स्वास्थ्य शाखा प्रमुख शाखा प्रमुख टुकनाथ पौडेल, नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मायाकुमारी सिंह, बाल कल्याण अधिकारी वसन्त प्रसाद शर्मा, नागरिक समाजका उपाध्यक्ष प्रकाशकुमार भण्डारी लगायतको उपस्थिति रहेको थियो ।