समाचार सारांश
Generated Using AI
- वीरेन्द्रनगरमा लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
- पक्राउ पर्नेहरू २२ वर्षीय मधुसुधन कटुवाल र २४ वर्षीय खेमराज कटुवाल रहेका छन् ।
- उनीहरूको शरीर र घर खानतलासी गर्दा २ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ का २२ वर्षीय मधुसूदन कटुवाल र २४ वर्षीय खेमराज कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार उनीहरूको शरीर तथा घर खानतलासी गर्दा २ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । बरामद लागुऔषधसहित पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार