२०८३ वैशाख ३ , बिहीबार

धरमपोखरामा वातावरण सहकारीको एकाई बैठक सम्पन्न



सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि। वीरेन्द्रनगर–८, सुर्खेतको तेइसौं वार्षिक साधारण सभा अन्तर्गत एकाई नं. ६ को एकाई बैठक दैलेखको धरमपोखरामा सम्पन्न भएको छ । सहकारी ऐन तथा नियमावली अनुसार एकाई बैठकमार्फत वार्षिक साधारण सभा सञ्चालन गर्नुपर्ने व्यवस्थाअनुसार सुर्खेतको मेहेली र दैलेखको धरमपोखरा क्षेत्रमा रहेका सदस्यहरूको उपस्थितिमा बैठक शुक्रबार सम्पन्न गरिएको संस्थाका प्रवन्धक श्यामलाल न्यौपानेले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरण सहकारीले आफ्नो उद्देश्यअनुसारका कार्यक्रमहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा विस्तार गरेर सदस्यहरूलाई आत्मनिर्भर बनाउन उल्लेखनीय योगदान पुर्‍याएको बताए । उनले राज्यको तीनखम्बे अर्थनीतिको एक महत्वपूर्ण खम्बाको रूपमा रहेको सहकारी व्यवस्थापन सुदृढ गर्न राज्यको पनि महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिए ।

संस्थाका उपाध्यक्ष प्रेमप्रसाद चालिसेको अध्यक्षतामा सम्पन्न बैठकले वरिष्ठ प्रवन्धक किरण बस्नेतले प्रस्तुत गरेको २०८२/०८३ आर्थिक वर्षको रू. ७ अर्ब ९० करोड ५९ लाख ३९ हजार २ सय १० रुपैयाँ १६ पैसाको संशोधित बजेट तथा आगामी २०८३/०८४ आर्थिक वर्षको रू. ९ अर्ब ५९ करोड ७५ लाख ७४ हजार २ सय १० रुपैयाँ १६ पैसाको प्रस्तावित बजेट र कार्यक्रमलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार