२०८३ वैशाख ३ , बिहीबार

डुङ्गेश्वरमा साढे तीन वर्षमा १० वटा झोलुङ्गे पुल निर्माण

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत ३ हजार ३ सय ३३ घरधुरी लाभान्वित


समाचार सारांश
Generated Using AI
  • डुङ्गेश्वर गाउँपालिकाले साढे तीन वर्षमा ८ वटा झोलुङ्गे पुल निर्माण गरेको छ ।
  • पुल नभएका ठाउँमा पुल बनाएपछि स्थानीयको आवागमन सहज बनेको छ ।
  • ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत ३,३३३ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ ।
  • केही वडामा विद्युत सेवा पुगेको र बाँकी वडामा विद्युतीकरणको काम भइरहेको छ ।
  • डुङ्गेश्वर बजारदेखि पालिका केन्द्रसम्म ८ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले साढे तीन वर्षको अवधिमा उल्लेखनीय विकास कार्य सम्पन्न गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीका अनुसार आफ्नो नेतृत्वमा आएका जनप्रतिनिधिहरुले पुल नभएर आवागमनमा कठिनाइ झेलिरहेका स्थानीयलाई सहज बनाउन हालसम्म १० वटा झोलुङ्गे पुल निर्माण गरेका हुन् ।

उनकाअनुसार ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत ३ हजार ३ सय ३३ घरधुरीमा खानेपानीको धारा जडान गरी सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाका केही वडामा विद्युत सेवा पुगेको र बाँकी वडामा विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको अध्यक्ष केसीले जानकारी दिए । त्यस्तै गाउँपालिकाका सबै वडाहरू सडक सञ्जालसँग जोड्न सफल भएको उनको दाबी छ ।

पछिल्लो तीन वर्षको अवधिमा डुङ्गेश्वर बजारदेखि पालिका केन्द्रसम्म ८ किलोमिटर सडक कालोपत्रे गरिएको र बाँकी भागमा कालोपत्रे कार्य जारी रहेको अध्यक्ष केसीले बताए । साथै, डुङ्गेश्वर बजारदेखि वडा नं. ३ तुलिया जाने २५ किलोमिटर सडक पनि कालोपत्रे गरिएको उनले उल्लेख गरे । अघिल्लो कार्यकालमा निर्माण सम्पन्न भए पनि हस्तान्तरण नभएको पालिका भवनबाट अहिले सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।

त्यस्तै वडा नं. ६ को कार्यालय भवन निर्माण सम्पन्न भएको र वडा नं. २ बाहेक अन्य वडाहरूमा भवनका तला थपिएको पनि उनले बताए । गाउँपालिकाले सानो अवधिमै खानेपानी, सडक, विद्युत र भवनजस्ता आधारभूत संरचनामा उल्लेखनीय प्रगति गरेको उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार