२०८३ वैशाख ३ , बिहीबार

त्रिपुरासुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जना र दिव्या निर्माण सेवा प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आर्थिक वर्ष २०७८र०७९ मा वडा नं। ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नतिमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो। मुद्दा दायरसँगै आरोपीहरूविरुद्ध अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएकाे प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार