२०८३ वैशाख २२ , मंगलबार

सिम्ता–६ मा गोठमै पुगेर लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु



समाचार सारांश
Generated Using AI
  • सिम्ता गाउँपालिका वडा नं. ६ मा गाई तथा गोरुमा लम्पी स्किन रोग देखा पर्न थालेको छ।
  • वडाध्यक्ष गुलाव सिँह ठकुरीले बताए अनुसार, गाउँका केही गाई तथा गोरुमा रोग देखिएपछि रोकथामका लागि गोठमै गएर खोप लगाउने कार्यक्रम सुरु भएकाे छ ।
  • आज (साेमवार) मात्रै ९९ वटा गाई र गोरुमा खोप लगाइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ६ मा गाई तथा गोरुमा लम्पी स्किन रोग देखा पर्न थालेपछि खोप लगाउन सुरु गरिएको छ । गाउँका एक/दुई वटा गाई, गोरुमा रोग देखिन थालेपछि आज (सोमवार) रोकथामको लागि लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु भएको वडाध्यक्ष गुलाव सिँह ठकुरीले जानकारी दिए ।

उनले रोकथामको लागि पालिकाको भेटेनरी टोलीले किसानका गोठमै पुगेर खोप अभियान सुरु गरेको बताए । वडाध्यक्ष ठकुरीले आज मात्रै ९९ वटा गाई र गोरुमा खोप लगाइएको बताए । उनले भने, ‘गाउँका केही गाई र गोरुमा लम्पी स्किन रोग देखिएको थियो । रोग सरुवा हुने भएकाले पालिकाको भेटेनरी टोलीले किसानको गोठमै गएर खोप दिन सुरु गर्नभएको छ ।,’

वडाध्यक्ष ठकुरीले किसानहरूसँग समन्वय गर्दै अभियान निरन्तर सञ्चालन गरिने बताए । लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ । रोगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुनसक्छ ।

 

प्रकाशित मिति : २०८२ कात्तिक २४ गते सोमबार