समाचार सारांश
- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकाे छ ।
- राप्ती ज्ञानोदय माध्यमिक विद्यालयले २६ स्वर्ण, ६ रजत र ४ कास्यसहित ३६ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकाे छ ।
- प्रतियोगितामा गाउँपालिकाका १३ माध्यमिक विद्यालयहरूको सहभागिता रहेकाे थियाे ।
- छात्र भलिबलमा सानीभेरी मावि बलिबाङ र छात्रा भलिबलमा जनज्योति मावि मेलचौ विजेता भएकाे छ ।
- विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र र पुरस्कार प्रदान।
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राप्ती ज्ञानोदय माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ । कात्तिक २३ गतेदेखि सुरु भएको प्रतियोगिता हिजो (बुधबार) सम्पन्न भएको हो । गाउँपालिकाका प्रमुख शिक्षा अधिकृत भूपालसिं बिष्टका अनुसार राप्ती ज्ञानोदय माविले २६ स्वर्ण, ६ रजत र ४ कास्यसहित जम्मा ३६ पदक प्राप्त गर्दै शिल्ड आफ्नो पोल्टामा पारेको हो ।
त्यस्तै, सूर्योदय मावि बेल्टापूले ४ स्वर्ण, १३ रजत र ७ कास्यसहित २४ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ भने सानीभेरी मावि बलिबाङले ४ स्वर्ण, ९ रजत र ७ कास्यसहित २० पदक प्राप्त गर्दै तेस्रो स्थानमा पुगेको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए । दौड, उफ्रने, फ्याँक्ने खेलका साथै तेक्वान्दो र एकल पुम्सेमा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

भलिबलतर्फ छात्र समूहमा सानीभेरी मावि बलिबाङ र छात्रा समूहमा जनज्योति मावि मेलचौ प्रथम भएकाे अधिकृत बिष्टले जानकारी दिए । छात्र–छात्रा दुबै समूहमा १ सय मिटरदेखि ३ हजार मिटरसम्मका दौड, रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, तेक्वान्दो र एकल पुम्सेमा प्रतिस्पर्धा भएको थियो । विजेता खेलाडीहरूलाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको सानीभेरी गाउँपालिकाले जनाएको छ ।
यस्तो रनिङ शिल्डको अन्तिम नतिजाको
