२०८३ वैशाख ३ , बिहीबार

वीरेन्द्रनगरमा एमालेको भोलि बृहत् जनसभा : ८ हजार कार्यकर्ता सहभागी हुने दाबी



समाचार सारांश
Generated Using AI
  • नेकपा (एमाले) सुर्खेतले भोलि (शनिवार) वीरेन्द्रनगरमा बृहत् जनसभा आयोजना गर्ने तयारी गरेको छ ।
  • संविधान रक्षा र प्रतिगामी षड्यन्त्रविरुद्ध जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यले जनसभा आयोजना गर्न लागिएको हो ।
  • जनसभामा करिब ८ हजार कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।
  • मंगलगढीचोकबाट दिउँसो १२ बजे सुरु हुने र्‍याली घण्टाघर डबलीमा पुगेर जनसभामा परिणत हुनेछ ।
  • जनसभालाई मुख्यमन्त्री यामलाल कँडेलसहित केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

सुर्खेत । नेकपा (एमाले) सुर्खेतले संविधानको रक्षा, शान्ति, लोकतन्त्रको पक्षमा र प्रतिगामी षड्यन्त्रविरुद्ध भोलि (शनिवार) वीरेन्द्रनगरमा बृहत् जनसभा गर्ने भएको छ। जिल्लास्तरीय उक्त जनसभामा करिब ८ हजार कार्यकर्ता सहभागी हुने एमाले सुर्खेतले जनाएको छ। एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार जनसभाको सम्पूर्ण तयारी पूरा भएको छ।

जनतालाई जागरूक बनाउने उद्देश्यले जनप्रदर्शन हुन हालेकाे उनले बताए । यसअघि वडा र पालिकास्तरमा आयोजित भेला तथा प्रदर्शन उत्साहपूर्ण रूपमा सम्पन्न भइसकेपछि एमाले सुर्खेतले वीरेन्द्रनगरमा झाँक्रीसहितको र्‍याली र जनसभा आयोजना गरेको हो। मंगलगढी चोकबाट दिउँसो १२ बजे प्रारम्भ हुने र्‍याली घण्टाघर डबली पुगेपछि जनसभामा परिणत हुनेछ।

पार्टी केन्द्रको सर्कुलर र जिल्ला कमिटीको निर्णयअनुसार देशभर एकैदिन हुने कार्यक्रमअन्तर्गत सुर्खेतमा पनि जनसभा गर्न लागिएको एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले बताए। ‘एमालेप्रति जनताको विश्वास उच्च रहेकाे र यसको संकेत भोलिको जनसभामा देखिने अध्यक्ष देवकाेटाले बताए ।

जनसभामा वीरेन्द्रनगरबाट मात्रै ५ हजारभन्दा बढी कार्यकर्ता तथा शुभेच्छुक सहभागी हुने अनुमान गरिएको छ, भने अन्य पालिकाबाट ३ हजार हाराहारी सहभागी हुने एमालेले बताएको छ। जनसभालाई एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, साथै केन्द्र, प्रदेश र जिल्ला तहका अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ।

प्रकाशित मिति : २०८२ कात्तिक २८ गते शुक्रबार