२०८३ वैशाख ३ , बिहीबार

नापी कार्यालय सुर्खेतका गैरहाजिर सर्भेक्षकसँग ३० दिने स्पष्टीकरण माग



सुर्खेत । नापी कार्यालय सुर्खेतले सर्भेक्षक मेनका खड्कासँग ३० दिने अन्तिम स्पष्टीकरण मागेको छ। कार्यालयको हाजिरी अभिलेख अनुसार खड्का २०८० असार ४ गतेदेखि बिदा स्वीकृत नगराई लगातार अनुपस्थित रहेको उल्लेख छ। कार्यालयले यसअघि पटक–पटक पत्राचार गर्नाका साथै सफाइ पेश गर्न पत्र काट्दा पनि कुनै प्रतिक्रिया नआएको समेत उल्लेख गरेको छ।

‘यसअघि नापी विभागको पत्रानुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने निर्णय भइसकेको र नापी कार्यालयको असार ३० गतेको निर्णय बमोजिम निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) छ अनुसार खड्कामाथि अनुशासनिक कारबाही योग्य कसुर ठहरिने’, सूचनामा उल्लेख छ।

कार्यालयले निजामती सेवा ऐन बमोजिम “भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने” सजाय किन नलगाउने भन्ने विषयमा स्पष्टीकरण माग्दै दफा ६६ तथा निजामती सेवा नियमावली, २०५० को नियम ११० अनुसार आवश्यक सफाइको अन्तिम मौका प्रदान गरिएको जनाएको छ। यसअघि १५ र ३० दिने दुवै अवधि दिइएर पत्रहरू पठाइएको भएपनि खड्काबाट कुनै प्रतिक्रिया नआएपछि कार्यालयले अन्तिम चेतावनीस्वरूप ३० दिने स्पष्टीकरण प्रकाशन गरेको जनाएको छ ।

गैरहाजिर सर्भेक्षकसँग ३० दिने स्पष्टीकरण माग

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार