२०८३ वैशाख ३ , बिहीबार

जाजरकोटमा अबैध सालकाे काठसहित एकजना पक्राउ



समाचार सारांश
Generated Using AI
  • जाजरकोटमा अवैध सालका कडी बोकेको भे १ ख २७८३ नम्बरको बस नियन्त्रणमा।
  • बसबाट अवैध काठसहित सवारीधनी दैलेखको नौमुले गाउँपालिका–१ का ३० वर्षीय प्रकाश बहादुर सुनार पक्राउ।
  • पक्राउ परेका सवारीधनीमाथि आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, जाजरकोटमा पेश गरिएको।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

जाजरकोट । जाजरकोटमा अवैध सालका कडी बोकेको बस र एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको नेपालगञ्जबाट जाजरकोटको कालीमाटी हुँदै रुकुम पश्चिमको आठबिसकोटतर्फ जाँदै गरेको भे १ ख २७८३ नम्बरको बसबाट अवैध काठसहित एक जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बसका सवारी धनी दैलेखको नौमुले गाउँपालिका–१ का ३० वर्षीय प्रकाश बहादुर सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले भेरी नगरपालिका–१३, कुदुस्थित सडक खण्डमा बस रोकेर खानतलासी गर्दा अवैध काठ फेला परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

उनका अनुसार गाडी चालक भेरीगंगा–४ का कर्णबहादुर सुनार भने घटना स्थलबाट फरार भएका छन्। बसभित्र विभिन्न साइजका ४७ थान साल जातका काठ फेला पारेपछि प्रहरीले काठ र बस दुवै रितपूर्वक बरामद गरेको छ। बरामद काठ तथा बससहित सवारी धनी सुनारलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, जाजरकोटमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ मंसिर २ गते मंगलबार