२०८३ वैशाख ३ , बिहीबार

चामुण्डामा अन्तर्राष्ट्रिय बालअधिकार दिवसमा वक्तृत्वकला



समाचार सारांश
Generated Using AI
  • दैलेखमा अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
  • कार्यक्रम सासेक नेपाल सहयात्रा परियोजना (तेस्रो), सेभ द चिल्ड्रेन तथा चामुण्डा–बिन्द्रासैनी नगरपालिकाको संयुक्त आयोजनामा भएको हो ।
  • नगरप्रमुख गणेशकुमार शाहीले बालअधिकार दिवसलाई व्यवहारमा उतार्न स्थानीय तह, विद्यालय, परिवार र समुदाय सबैको जिम्मेवारी आवश्यक भएको बताए।
  • उनले बालविवाह र छाउपडीजस्ता हानिकारक प्रथालाई अन्त्य गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

दैलेख । दैलेखकाे चामुण्डाबिन्द्रासैनीमा अन्तर्राष्ट्रिय बालअधिकार अवसरमा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। बिहिबार कार्यक्रम सासेक नेपाल सहयात्रा परियोजना तेस्रो, सेभ द चिल्ड्रेन तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकाको संयुक्त आयोजनामा ‘बालविवाह अन्त्यका लागि हाम्रो अभियान–छाउपडीमुक्त समाज, हाम्रो पहिचान’ विषयक वत्तृत्वकला बिहीबार सम्पन्न भएको हो ।

कार्यक्रमका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेशकुमार शाहीले बालअधिकार दिवसलाई व्यवहारमै उतार्न स्थानीय तह, विद्यालय, परिवार र समुदाय सबैले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए । उनले भने, “बालविवाह, छाउपडीजस्ता हानिकारक प्रथालाई अन्त्य गर्नु हाम्रो साझा दायित्व हो। नगरपालिका बालमैत्री समाज निर्माणका लागि नीतिगत, संरचनागत तथा जनचेतनामूलक अभियानलाई अझ सुदृढ गर्दै लैजानेछ ।”

उनका अनुसार विद्यार्थीहरूको सक्रियता र अभिव्यक्तिले समाज परिवर्तनका लागि आशाका किरण देखाएको छ । त्यसैगरी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बालअधिकार संरक्षण राज्य र स्थानीय तहको दायित्व मात्र नभई समाजकै सामूहिक प्रतिबद्धता भएको उल्लेख गरे । उनले भने, “बालमैत्री वातावरण निर्माणका लागि नगरपालिका शिक्षा, स्वास्थ्य, सुरक्षा र नेतृत्व विकासका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको छ। समुदायको सक्रियता बिना कुनै पनि अधिकार सुनिश्चित हुन सक्दैन, त्यसैले सबैको सहकार्य आवश्यक छ ।”

सासेक नेपाल सहयात्रा परियोजना तेस्रोका कार्यक्रम व्यवस्थापक निर्मल अधिकारीले बालविवाह तथा छाउपडीजस्ता हानिकारक परम्परा अन्त्यका लागि दीगो व्यवहार परिवर्तन अनिवार्य भएको बताए । उनकाअनुसार युवा तथा बालबालिकाहरूको आवाजलाई नेतृत्वमा रुपान्तरण गर्न यस्ता कार्यक्रम निकै प्रभावकारी छन् । अधिकारीले भने “बालअधिकारको सुरक्षा नै सुरक्षित भविष्यको आधार हो । विद्यार्थीहरूले आज प्रस्तुत गरेका विचारले परिवर्तनको लागि समुदायलाई प्रेरित गर्नेछ ।”

प्रतियोगितामा चामुण्डाबिन्द्रासैनी नगरपालिका स्थित १४ मध्य १२ वटा विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । जस आनन्द माध्यमिक विद्यालय सिमशेरका छात्रा दिपिका ज्ञावली प्रथम भएकी थिईन भने जनता माध्यमिक विद्यालय मष्टामान्डुका छात्रा सुजता चौलागाई दोश्रो, चामुण्डा माध्यमिक विद्यालय चामुण्डाका छात्रा दुर्गा सुवेदी द्धितिय र विन्द्रासैनी माध्यमिक विद्यालय विन्द्रासैनीका छात्रा कमला न्यौपाने सान्त्वना भएकी थिईन् ।

सहभागी विद्यार्थीहरूले बालअधिकार, बालविवाह निवारण, छाउपडीमुक्त समाज निर्माण तथा लैङ्गिक समानताका विषयमा सशक्त अभिव्यक्ति प्रस्तुत गरेका थिए । उत्कृष्ट प्रस्तुतिकर्ताहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो। आयोजक संस्थाहरूले आगामी दिनमा पनि बालअधिकार प्रवद्र्धन तथा हानिकारक परम्परा अन्त्यका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख मनसराकुमारी शर्माको अध्यक्षता भएको कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख मिनबहादुर रावल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार