समाचार सारांश
- भेरीगंगा नगरपालिकाले उद्योग दिवसको अवसरमा चिन्तामणि शर्मालाई सम्मान गरेको छ।
- शर्मा ‘उत्कृष्ट उद्यमी’को रूपमा सम्मानित भएका हुन् ।
- शर्मा सिद्धदर्शन दैनिकका प्रकाशक र खबरदृष्टि अनलाइनका सम्पादक समेत हुन् ।
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाले काँक्रेविहार लाइभस्टक एग्रो फर्म एण्ड रिसर्च सेन्टरका सञ्चालक चिन्तामणि शर्मालाई सम्मानित गरेको छ । मंगलवार उद्योग दिवसको अवसरमा उनी ‘उत्कृष्ट उद्यमी’को रूपमा सम्मानित भएका हुन् ।
शर्मा सिद्धदर्शन दैनिकका प्रकाशक तथा खबरदृष्टि अनलाइनका सम्पादक समेत हुन् । लामो समयदेखि भेरीगंगा नगरपालिका–२ सत्तरीमा कृषि फर्म सञ्चालन गर्दै आएका उनले वीरेन्द्रनगरमा ‘अशोका अर्गानिक’ र ‘अशोका होटेल’ समेत सञ्चालन गरिरहेका छन् ।
चेम्बर अफ कमर्स सुर्खेतका जिल्ला अध्यक्ष समेत रहेका शर्मा स्थानीय उत्पादन, रोजगारी र उद्यम विकासमा सक्रिय रूपमा लागिरहेका कारण सम्मानित भएका हुन् । यस्तै शर्मासहित १० जना उद्यमीहरु पनि सम्मानित भएका छन् । जसमा पूर्ण प्रसाद शर्मा, गोमा कुमारी खड्का, सुनिता खत्री, रुपसिं सुनार, पुष्पा खत्री, कविराज राना, शारदा चन्द, भुमिसरा शर्मा र समिर खत्री रहेका छन् ।
