२०८३ जेठ १८ , सोमबार

७२ यात्रु बाेकेकाे यतीकाे जहाज पाेखरामा दुर्घटना

पोखरामा त्रासदीपूर्ण विमान दुर्घटना


नेपालमा आईतबार बिहान ठूलो विमान दुर्घटना भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन(एएनसी जहाज आइतबार पोखरामा दुर्घटनामा पर्‍यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको उक्त जहाज दुर्घटना भएको हो।

विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना सवार थिए । नेपालमा आन्तरिक उडानतर्फ सबैभन्दा धेरै मानवीय क्षतिको रेकर्ड यो दुर्घटनाले राखेको छ।

दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ । कुल ७२ बेपत्तामध्ये चार जनाको शव अहिलेसम्म भेटिएको छैन। कास्की प्रहरीले हराएका ४ जनाको खोजी आईतबार रातिपनि जारी राखिने र राति नभेटिए सोमबार विहानैदेखि खोजी कार्य तीव्र पार्ने जनाएको छ।
यसअघि गएको जेठ १५ गते बेपत्ता भएको तारा एयरको जहाज जेठ १६ गते मुस्ताङको थासाङ गाउँपालिका( २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको निधन भएको थियो ।

नाइन एन(एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को(पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।

२०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ६ जनाको ज्यान गएको थियो ।
सन् २०१८ मा हुम्लाको सिमीकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान गएको थियो ।

सन २०१९ मै सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान, धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५६ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

यसैबीच, आईतवार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९एन(एएनसी, एटीआर(७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको र बाँकी तीनजनाको उद्दार भइरहेको यति एअरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए । जसमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, एकरएकजना अर्जेन्टिनी, अष्ट्रेलियन, आइरिस र फ्रान्सेली नागरिक रहेका एअरलाइन्सले जानकारी गराएको छ ।

यति एयरलाइन्सका आज हुने उडान सबै रद्द
आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले आज (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ । आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले आज हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो । आज आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ ।

पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए । अहिले पनि घटनास्थलबाट शव निकाल्ने काम भइरहेको छ ।

आज शोक विदा
काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार मुलुकभर शोक विदा दिने निर्णय गरेको छ । सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको हो । गृह मन्त्रालयले मन्त्रिपरिषद्रुको निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् । आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११ः०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका– १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । दुर्घटनामा १५ जना विदेसी नागरिक परेका छन् ।

आइतबार नै मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग बनाएको छ भने अन्तरिक उडान गर्ने सम्पूर्ण विमानको प्राविधिक परीक्षण अनिर्वाय गर्न निर्देशन दिएको छ । विगतमा पनि हरेक दुर्घटनापछि जाँचबुझ आयोग बन्ने गरेको छ, तर दुर्घटनाको क्रम रोकिएको छैन ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतबार