२०८३ वैशाख ३ , बिहीबार

एमाले महाधिवेशन : जाजरकोटमा सर्वसम्मत प्रतिनिधि छनोट



जाजरकोट । नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि जाजरकोट जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत रूपमा सम्पन्न भएको छ। सबै क्लस्टर तथा कोटाबाट सहमतिका आधारमा प्रतिनिधि चयन भएपछि जिल्लामा पार्टी एकताको सकारात्मक सन्देश गएको कार्यकर्ताहरूले बताएका छन्।

सर्वसम्मत निर्णयअनुसार खुला समूहबाट नारायण घर्ती, करवीर शाही, नरेन्द्र शाही, लालबहादुर महतरा र प्रेम सिंह चयन भएका छन्। त्यस्तै, महिला समूहबाट सुनिता बोहरा, तारा शाक्य र कुमारी थापा तथा दलित समूहबाट गोपाल नेपाली, नवीन्द्र नेपाली र कौशिला कामी प्रतिनिधि तोकिएका छन्।

युवातर्फ विश्व विक्रम शाहलाई महाधिवेशन प्रतिनिधि मनोनयन गरिएको छ। सर्वसम्मत रूपमा चयन भएका सबै प्रतिनिधिहरूलाई पार्टी नेतृत्वले बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ मंसिर १३ गते शनिबार