२०८३ वैशाख ७ , सोमबार

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) टोल कमिटी गठन



रुकुम पश्चिम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ को टोल नम्बर २ को भेला सम्पन्न भएको छ । भेला लोछाबाङमा सम्पन्न भएको अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० वडा नम्बर चारकी अध्यक्ष फम्फा केसीले जानकारी दिइन् ।

भेलाले केणुका केसी (गिरी)को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको सचिवमा बालकुमारी दाहाल र कोषाध्यक्षमा दिपा गिरी चयन भएका छन् । भेलाले महिलाको हितमा काम गर्ने र महिलाको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

भेलामा बाफिकोट गाउँपालिका वडा नम्बर ४ का पार्टी अध्यक्ष शसिराम रिजाल, गाउँकमिटी सदस्य कमल दाहाल, कार्यपालिका सदस्य रिता जैसी, अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० वडा नम्बर ४ की अध्यक्ष पम्फा केसीलगायतको सहभागिता रहेको थियोे ।

प्रकाशित मिति : २०८० वैशाख ४ गते सोमबार