२०८३ वैशाख ७ , सोमबार

वीरेन्द्रनगरमा आगलागी नियन्त्रणका लागि कृत्रिम घटना अभ्यास



सुर्खेत । वीरेन्द्रनगरमा आगलागी नियन्त्रणका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्लामा बढ्दै गएको आगलागीको घटनालाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र विभिन्न गैर सरकारी संस्थाहरुको सहकार्यमा मंगलबार विपद्को घटनाले पार्ने असर र त्यसबाट बच्नका लागि गरिने उपायसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो ।

 

सुर्खेतका विभिन्न स्थानमा सुख्खा मौसममा आगलागी र त्यसपछि हुने विपद्को असर, प्रभाव, नोक्सानी तथा उद्धार, उपचार र राहतको प्रक्रियाबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

 

अभ्यासमा आम सर्वसाधारणलाई आगलागीबाट हुनसक्ने सम्भावित क्षति र न्यूनीकरणका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो । एकदिवसीय कृत्रिम घटना अभ्यास कार्यक्रममा केही घर निर्माण गरी आगलागीको घटना गराएर त्यसको असर, क्षति, घाइतेको उद्धार, उपचारलगायतको अभ्यास गरिएको थियो ।

 

अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई उपचार टोलीले प्राथामिक उपचार सेवा प्रदान गरी एम्बुलेन्समार्फत नजिकको प्रदेश अस्पतालमा पठाइएको थियो ।

तस्बिरहरु

वीरेन्द्रनगरमा घाइतेकाे उद्धार र उपचारकाे कृत्रिम अभ्यास

प्रकाशित मिति : २०८० वैशाख ६ गते बुधबार