२०८३ वैशाख ७ , सोमबार

कर्णालीमा मन्त्रालयको सङ्ख्या आठ



सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने निर्णय भएको हो ।

मंगलबार साँझ बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको सङ्ख्या संशोधन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

‘भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई फुटाएर भौतिक पूर्वाधार एवम् सहरी विकास मन्त्रालय र ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाउने निर्णय भएको छ, प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ को अनुसूची एक र दुई हेरफेर गर्ने निर्णय भएको हो ।

 

सो निर्णयअनुसार भौतिक मन्त्रालयमा १३ कार्यभार रहनेछन् भने ऊर्जा मन्त्रालयमा १२ कार्यभार रहनेछन्’, जिसीले भने । उनका अनुसार कर्णाली प्रदेशको सडक विधेयक तर्जुमा गर्नका लागि हिजैको बैठकले भौतिक पूर्वाधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८० वैशाख ६ गते बुधबार