
प्रहरीले अफिम खेती नष्ट गर्दै गरेको तस्बिर
जाजरकोट । प्रहरीले जाजरकोटमा ठुलो मात्रामा अवैध रुपमा गरिएको अफिम खेती नष्ट गरेको छ । वैशाख ७ बाट जाजरकोटको विभिन्न भू–भागमा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
नलगाड गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
नलगाड नगरपालिका–३ चाउलेचौर, दारेलेख, पाखा, करुवा सानोबन, सानोछाप र नौखालीमा इन्स्पेक्टर सुनिल थापा नेतृत्वको टोलीले ३ दिनसम्म बसेर अफिम खेती नष्ट गरेको डीएसपी रोकाले जानकारी दिए ।
जुनिचाँदे गाउँपालिका–७ स्थित निपाने र भेरी नगरपािलका–२ स्थित डिंगा थलह तथा बारेकोट गापाको वडा नम्बर ८ बनलेपाटा लगायतका ठाउँमा फैलिएको अफिम नष्ट गरिएको छ ।
अफिम नष्ट गर्न ६४ जना प्रहरी परिचालन गरिएको थियो । प्रहरीले वैशाख ७ बाट जाजरकोटमा अफिम खेती नष्ट गर्ने अभियान समेत चलाएको छ ।
तस्बिरहरु


