रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र छिमेकी जिल्लाका पशुहरुमा लम्पी स्किन रोग देखा परेको छ । खेतीपातीको सिजन आएका बेला पशुहरुमा लम्पी स्किन रोग देखा पर्न लागेको पशु सेवा शाखा आठबिसकोटले जनाएको छ ।
आठबिसकोट नगरपालिकाको वडा नं ११ का पशुहरुमा लम्पी स्किन रोग देखा परेको नगरपालिका पशु सहायक प्राविधिक कमल केसीले जानकारी दिए । आठबिसकोट नगरपालिकाका गाई र गोरुमा लम्पी स्किन रोग व्यापकरुपमा फैलिरहेको छ ।
यो रोग देखा परेमा पशु सेवा शाखामा सम्पर्क गर्न पशु प्राविधिक उपेन्द्र ओलीले अनुरोध गरेका छन् । जटिल अवस्था भएमा सतर्कता अपनाउन र आफ्नो पशुको समयमै उपचार गर्नका लागि पशु सेवा शाखामा आउन कृषकहरुले उनले आग्रह गरेका हुन् ।
खेतीपातीको काम शरु हुने बेलामा गाई बस्तुमा लम्पी स्किन रोग देखिन थालेपछि समस्या भएको आठबिसकोट ११ का किसान कर्णबहादुर खड्काले बताए ।