२०८३ वैशाख ७ , सोमबार

वीरेन्द्रनगर बसपार्कबाट लागूऔषध सहित तीन जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगरमा लागुऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कमा रहेको एक होटेलमा लागु औषध कारोबार भईरहेको अवस्थामा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय र लागु औषध ब्युरो सुर्खेतबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० एकतानगर बस्ने बर्ष १८ का लोक बहादुर खत्री, सोही ठाउँका बर्ष १८ का भुपेन्द्र शाही र बर्ष १९ का  महेन्द्र कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

उनीहरुको साथबाट नापतौल नभएको ७ पुरीया लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको र यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० वैशाख १७ गते आइतबार