२०८३ वैशाख ७ , सोमबार

श्रमजीवीको अधिकार सुनिश्चितता नभए देशमा विकास असम्भव छ : प्रदेश प्रमुुख परियार



कर्णाली प्रदेश प्रमुुख तिलक परियार

सुर्खेत । कर्णाली प्रदेश प्रमुुख तिलक परियारले श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव नहुने बताएका छन् । सोमवार १ सय ३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

 

यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

 

‘‘कर्णालीबासी लगायत स्वदेश तथा विदेश रहनुभएका नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति,समृद्धि तथा मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफनो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।’’ प्रमुख परियारको शुभकामना सन्देशमा भनिएको छ ।

 

सन्देशमा परियारले आफनो अधिकारका लागि एकतावद्ध सङ्घर्ष मार्फत् विजय हासिल गरेको यस गौरवपूर्ण विश्व श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्न पाउँदा आफुलाई खुसी लागेको समेत उल्लेख गरेका छन् ।

 

शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ, “विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि टे«ड युनियनहरु श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामूखी र व्यवसायिक मर्यादातर्फ अग्रसर हुदै आएकोमा खुसी व्यक्त गर्दै मे दिवसको यस सुखद् अवसरमा सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्दछु ।”

 

आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदुरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरुले १ मे को दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

No description available.

प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार