रुकुम पश्चिम । निरन्तर वर्षाका कारण रुकुम पश्चिम र पूर्वका किसान मर्कामा परेका छन् । नियमित वर्षा हुँदा मकै छर्ने काम प्रभावित भएको रुकुम पूर्वका किसान हेमन्त खड्काले बताए ।
वर्षाकै कारण किसानका गहुँ बारिमा कुहिरहेका छन् । काटेका गहुँ कुहिएर क्षति भएको रुकुम पश्चिम बाफिकोटका किसान ठकेन्द्र केसीले बताए ।
गहुँ काटेर मकै छर्ने बेलामा लगातार वर्षा हुँदा मकै उत्पादनमा कमी आउने किसानहरु बताउँछन् । रुकुम पूर्व र पश्चिममा लगातार ३ दिनदेखि पानी परिरहेको छ ।
प्रकाशित मिति : २०८० वैशाख १८ गते सोमबार