
सुर्खेत । प्रगतिशील वन प्राविधिक संघ नेपालको प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उक्त अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले दिपेश केसीको नेतृत्वमा नयाँ कार्यसमित समेत चयन गरेको छ ।
जसअनुसार उपाध्यक्षमा गगन बुढा र सिमा लामिछाने, सचिबः भोज प्रसाद उपाध्यय, उप–सचिवमा भुपलाल केसी र सुजता खड्का, कोषाध्यक्षः पबेन बुढा रहेको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए ।
यस्तै सदस्यहरुमा शन्त बहादुर थापा, देबेन्द्र महत, रामकृष्ण बुढा, शान्ति, ज्योति ढकाल, शुशान्ती न्यौपाने, सुजता श्रेष्ठ, गणेश खाम्चा, रामेश्वर प्रसाद यादव, भुमी सिम्खडा, बिध्या थापा, कृष्ण रावल, जोवना पान्ड, कमल बोहोरा, भरत मोहन अधिकारी र प्रदिप अर्याल रहेका छन् ।
यसैगरी केन्द्रीय प्रतिनिधिमा मुन बहादुर रावत, जितेन्द्र महत, कमल राज अर्याल, नवराज पौडेल, जीवन कठायत, जीबेश कुमार केसी, साबित्रा खड्का, रेनुका न्यौपाने र भरत रेग्मी छनोट भएका छन् ।
कार्यक्रममा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल, पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल, नेपाल वन प्राविधिक संघका अध्यक्ष किरण पौडेल लगायत अन्य ८० जनाको उपस्थिति रहेको थियो ।
