दाङ । दाङको तुलसीपुरमा जीप र मोटरसाईकल एक आपसमा ठोकिँदा ५ जना घाईते भएका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा शुक्रबार बिहान सल्यानको कपुरकोटबाट दाङ तुलसीपुर जाँदै गरेको रा १ त ३२१ नम्बरको जीप र विपरित दिशाबाट आइरहेको रा ८ प १६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा ५ जना घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३८ वर्षीय मेघराज योगी, जिपमा सवार तलसीपुर उपमहानगरपालिका–३ राम्रीका १७ वर्षीया शारदा केसी, सोही ठाउँका १० वर्षीय तेजबहादुर खत्री, जिपचालक सल्यान कपुरकोट गाउँपालिका–५ सलामका १९ वर्षीय जोगेन्द्र बलामी मगर, सहचालक सोही ठाउँका १७ वर्षीय रबिन पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
घाइतेमध्ये दुई जनाकमो अवस्था गम्भीर रहेकमो र उनीहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप र मोटरसाइकल सडकदेखि ६० मिटर तल खसेको प्रहरीको भनाई छ ।