२०८३ वैशाख ७ , सोमबार

कर्णालीमा पहिलो पटक ‘कर्णाली पैसा’ महोत्सव हुँदै



सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ‘कर्णाली पैसा महोत्सव’ हुने भएको छ । कर्णाली बेसिन कन्जरवेशन फाउण्डेसन (केवीसीएफ) को आयोजनामा वैशाख २६ गते महोत्सव हुने भएको हो ।

 

प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चाल हुँने उक्त महोत्सवमा विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग अन्तरक्रिया र उद्यमशिलका बारेमा परामर्श गरिने आयोजकले जनाएको छ ।

 

आयोजक संस्था केवीसीएफका प्रवन्धन निर्देशक गौरव देवकोटका अनुसार प्रदेशमा वित्तिय लगानी, उद्योगमा सृजनशिलता र व्यावसायिकताको विकास गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको छ ।

 

कर्णालीको आर्थिक तथा मानवीय पुँजी विकासमा बैंक तथा वित्तिय संस्था र बिमा कम्पनीहरुको भुमिकाका विषयमा समेत महोत्सवले सम्बोधन गर्ने देवकोटाले जानकारी दिए ।

 

नोल उद्योग वाणिज्यसंघ कर्णाली र सुर्खेत मोडल कजेजसँगको सहकार्यमा फाउण्डेसनले पैसा महोत्सव गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २२ गते शुक्रबार