२०८३ वैशाख ७ , सोमबार

हुम्लामा आँखा शिविर सम्पन्न



हुम्ला । हुम्लामा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति सङ्घ/नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शिविर सम्पन्न भएको हो ।

 

नेपाल नेत्र ज्योति सङ्घ एकीकृत आँखा, कान स्वास्थ्य कार्यक्रम आर्थिक सहयोग र एनआरसिएस सुर्खेत आँखा अस्पतालका प्राविधिक डा. मनिष खतिवडा नेतृत्वको नौ जनाको टोलीले सदरमुकाम सिमकोटमा सञ्चालित शिविरमा सेवा प्रदान गरेको थियो ।

 

यही वैशाख २२ गतेदेखि सुरु भएको निःशुल्क शिविर सोमबार सम्पन्न भएको हो । उक्त शिविरबाट सिमीकोट, खार्पुनाथ, नाम्खा गाउँपालिलगायतका दुई सय ४७ जनाले सेवा लिएका छन् ।

 

उक्त शिविरमा ७४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति सङ्घ, सुर्खेतका प्रशासन अधिकृत निशा बमले जानकारी दिए ।

प्रकाशित मिति : २०८० वैशाख २६ गते मंगलबार