
काठमाडौं । पल शाहको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनेता पल शाहले लामो समयपछि अभिनय गरेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीत सार्वजनिक भएको हो ।
पुष्पन प्रधानको शब्द तथा संगित रहेको गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’ पल शाहको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा शाहले आफै निर्देशन तथा अभिनय गरेका छन् । शाह करणीको अभियोगमा जेल चलान भएका थिए ।
जेलबाट बाहिरिएपछिको यो उनको पहिलो म्युजिक भिडियो हो । भिडियोमा उनले भोगेको जेल चलानको कथा देख्न सकिन्छ । सानिशा भट्टराई र पल शाहको अभिनय भएको भिडियोलाई अन्नु चौधरीले आवाज दिएकी छिन् ।
प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार