२०८३ वैशाख ७ , सोमबार

वीरेन्द्रनगरमा लागूऔषध सहित तीन जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगर प्रहरीले लागुऔषध सहित तीनजना पक्राउ गरेको छ । वीरेन्द्रनगर–३ हिलेखालीबाट बुधवार अन्दाजी दिउँसो २ बजेको समय कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा वीरेन्द्रनगर–२ का २३ वर्षिय तपेन्द्र शाही, वीरेन्द्रनगर–१० का २१ वर्षिय निरज थापा र वीरेन्द्रनगर–१ का २९ वर्षिय गणेश थापा रहेका छन् ।

 

उनीहरुको साथबाट प्रहरी टोलीले नापतौल नगरेको २ पुडिया खैरो धुलो सहित उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । यस विषयमा थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार